ललितपुर, ३० भदौ
विभिन्न कार्यक्रम आयोजना गरी ५८ औं राष्ट्रिय बालदिवस मनाइयो । गोदावरी नगरपालिकाको सहयोग तथा गोदावारी नगरपालिका वार्ड नम्बर १ को आयोजनामा लायन क्लब अफ काठमाडौं, आयाम को नेतृत्व मा विभिन्न अन्य स्थानिय निकाय तथा संघसंस्था तथा विद्यालयहरूको सहभागीता मा सहकार्यमा सरसफाई कार्यक्रम सहित र्याली गरेर मनाइयो ।
गोदावरीको बिशङ्खु नारायण मा. वि. मा यस गोदावारी नगरपालिकाकी उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष राज थाप को अध्यक्षतामा जनप्रतिनिधिहरु, स्थानीय निकाय, संघसंस्थाका प्रतिनिधिहरुको र विभिन्न विद्यालयहरुका विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन वडा नं १ सविच शालिग्राम गुरागाईं गरेका थिए । उक्त कार्यक्रममा उपस्थित वक्ताहरुले वार्ड नं १ लाई सबैको सहकार्यमा आगामि दुई वर्ष भित्र बाल मैत्री वडा घोषणा गर्ने बारे पनि बताएका थिए ।