काठमाडौँ २८ भदौ
सरकारले एशियाली विकास बैङ्कबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने भएको छ । महिला संरक्षण तथा उत्थान प्रणालीमा सुदृढीकरण परियोजनाका लागि नेपालले सो अनुदान सहायता पाउने भएको हो । सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले अन्य १५ निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुरले कार्कीले सरकारले गरेको निर्णयहरू सार्वजनिक गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्त गर्ने सरकारको निर्णय रहेको छ ।
त्यस्तै, महालेखापरीक्षक टङ्कमणी शर्मा (दंगाल) नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरूको संगठनको २४ औँ महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने तथा बेरुजु फर्छ्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक बर्ष २०७९÷८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
सरकारले विश्व बैङ्कबाट प्राप्त हुने ३५ अर्ब रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण सहायता लिने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण लिने निर्णय गरेको हो । विश्व बैङ्कले यातायात तथा व्यापार आबद्धता अभिवृद्धिका कार्यक्रमका लागि २७५ मिलियन अमेरिकी डलर अर्थात ३५ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । हेर्नुस् निर्णय