neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेना, नेपाल प्रहरी लगाएत यी निकायलाई बहाल कर तिर्न महानगरको पत्राचार

नेपाली सेना, नेपाल प्रहरी लगाएत यी निकायलाई बहाल कर तिर्न महानगरको पत्राचार

Sep 8th, 2022

काठमाडौं २३ भदौ

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।

साथै महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो ।

तोकिएको समयमा कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ ।