neapl investment mega bank
  • गृहपृष्ठ
  • क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी

क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी

Sep 8th, 2022

काठमाडौं २३ भदौ

१७ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीमा नुवाकोटकी नाबालिकालाई बलात्कार गरेको उजुरी परेपछि अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीले बलात्कारको अभियोगमा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउको अनुमति मागेको थियो । सन्दीपमाथि ती पीडित नाबालिकालाई गौशालाको काठमाडौं होटल इनमा लगेर ५ भदौमा बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।