काठमाडौं ,२३ भदौ
सरकारले कोरियाबाट ८ मिलियन डलर अनुदान सहायता स्वीकृत गरेको छ । कोरियाको रोजगारीबाट फर्केका श्रमिक कामदारहरुको पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनको लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गरेको हो ।
भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्ता विभिन्न १० ओट शीर्षकमा निर्णयहरु गरेको छ । साथै भदौ २७ देखि २८ गतेसम्म सिंगापुरमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्ती तथा मन्त्रपरिषदका कार्यलयका सचिव सहभागी हुने विषयलाई स्वीकृत गरेको छ । त्यस्तै, जोर्डनमा आयोजना हुने एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी सहभागी हुने विषयाई पनि अर्थ मन्त्रालयले स्वीकृत गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका अन्य निर्णयहरु :