neapl investment mega bank
  • गृहपृष्ठ
  • यी कर्मचारीले पाए निजामती सेवा पुरस्कार

यी कर्मचारीले पाए निजामती सेवा पुरस्कार

Sep 7th, 2022

काठमाडौ २२ भदौ

आज १९ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। यस अवसरमा सरकारले १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने भएको छ।

मन्त्रिपरिषदले गत भदौ २१ को १९ औं निजामती सेवा दिवसमा उक्त पुरस्कार दिने निर्णय गरेको थियो ।

आन्तरिक राजश्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवालीलगायतले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन्।

सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव सुरेद्नमोहन श्रेष्ठसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिन लागिएको हो। यसैगरी ३० जना कर्मचारीलाई सरकारले निजामती सेवा पुरस्कार दिँदैछ।