काठमाडौ २० भदौ
बालाजु गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि काठमाडैं महानगरपालिकाले डोजर चलाएको छ महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेको अनधिकृत संरचनामाथि ख डोजर चलाएको हो। महानगर प्रहरीका उनुसार उक्त ठाउँमा फुटपाथ मिची अनधिकृत संरचना बनाइएको थियो।
पछिल्लो समय महानगरले अनधिकृत बनाएका संरचनाहरू हटाउन अल्छटिमेटम दिने र डोजर समेत चलाउने काम गरिरहेको छ। महानगरले आज म्हेपीदेवीबाट मित्रनगर जाने सडकमा रहेका अनधिकृत संरचनाहरू हटाएको हो।
आइतबार कोटेश्वर क्षेत्रका अवैध संरचनामा पनि महानगरको डोजर चलेको थियो । कोटेश्वर चोकमा रहेका टिकट काउण्टरले मापदण्ड विपरित बनाएका होर्डिङ बोर्ड, भ¥याङ, बार्दली डोजरको सहायताले हटाइएको थियो ।