neapl investment mega bank
  • गृहपृष्ठ
  • महाभियोग सिफारिस समिति तथा सांसदहरूमाथि चोलेन्द्र जवराको प्रश्न

महाभियोग सिफारिस समिति तथा सांसदहरूमाथि चोलेन्द्र जवराको प्रश्न

Sep 1st, 2022

काठमाडौ १६ भदौ

निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाभियोग सिफारिस समिति तथा सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाएका छन्।

आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेको भन्दै उनले समितिको औचित्यतामाथि नै प्रश्न गरेका हुन् ।बिहीबार सिंहदरबारमा महाभियोग सिफारिस समितिमा उपस्थित भई बयान दिने क्रममा उनले भने,‘आफैंले महाभियोग प्रस्ताव गर्ने, आफैं छानबिन गर्ने, निर्णय पनि आफैं गर्नेरु यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ,’ ‘महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा हुनुहुन्छ।’

महाभियोग प्रस्ताव गर्नेहरूले समितिमा बसेर छानबिन गर्दा स्वार्थ बाझिने पनि उनले तर्क गरेका छन्।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिङ गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

सत्तारूढ दलले २१ आरोपसहित राणाविरूद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।