काठमाडौँ १६ भदौ
काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरित राखिएको होर्डिङ बोर्डहरु हटाउने भएको छ ।
महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो ।
यसको शुरुवात भने महानगरले त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर गरेको छ ।
नक्सा पास विपरीतका संरचना हटाउने र अल्टिमेटम दिने अभियान चलाइरहेको महानगरले अब अनुमती बिना राखिएका होर्डिङ बोर्डहरु पनि हटाउने भएको हो ।