neapl investment mega bank
  • गृहपृष्ठ
  • कर नतिरे फनपार्क सिलबन्दी गर्ने महानगरपालिको २४ घण्टे चेतावनी

कर नतिरे फनपार्क सिलबन्दी गर्ने महानगरपालिको २४ घण्टे चेतावनी

Aug 31st, 2022

काठमाडौँ १४ भदौ

काठमाडौँ महानगरपालिकाले दाबी गरेको छ भुकुटीमण्डपमा रहेको फनपार्कले बषौँदेखी कर नतिरेको
वताएको छ । महानगरपालिकाले एक विज्ञप्ती जारी फनपार्कले कर नतिरेको जनाएको हो ।

आज बुधबार महानगरको राजस्व विभागले फनपार्कलाई पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, वहाल कर, विज्ञापन कर, मनोरञ्जन कर तथा सोको लाग्ने जरीवाना समेत दाखिला गर्न निर्देशन दिएको छ ।

महानगरले तोकिएको समयभित्र कर नतिरे फनपार्क शिलबन्दी गर्ने चेतावनी समेत दिएको छ ।