काठमाडौं ९ भदौ
काठमाडौं महानगरपालिकालाई काठमाडौं जिल्ला अदालतले नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नाक्सा पासको विवरण माग गर्दै पत्र पठाएपछि अदालतले सो विवरण पठाएको हो ।
काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिएका छन् । अदातलको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको महानगरले जनाएको छ ।