काठमाडौ, ९ भदौ
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ को कमल पोखरी इमाडोलमा ऊँ सनसाईन कस्मेटिक एण्ड ब्यूटी पार्लर सञ्चालनमा आएको छ । पार्लरको उद्घाटन गोदावरी सरोकारकी अध्यक्ष बेबी राजभण्डारीले गरेकी थिइन् । गोदावरी सरोकारकी सदस्य अञ्जली दुवाडीले पाँचलाख लगानी सञ्चालनमा ल्याइकी हुन । पार्लर सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै पार्लर सम्बन्धी प्रशिक्षण पनि दिइने सञ्चालक दुवाडीले बताइन् ।