neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेस सभा निर्वाचनमा ललितपुर १ का आकांक्षी

प्रदेस सभा निर्वाचनमा ललितपुर १ का आकांक्षी

Aug 25th, 2022

काठमाडौ ९ भदौ

आगामी प्रदेस सभा निर्वाचनमा ललितपुर १ को क मा नेकपा एमालेको तर्फ बाट मधुसुदन पौडेल, नेकपा एमाले ललितपुरका कार्यालय सचिब युवा नेता रमेश चन्द्र घिमिरे , एमाले नेता रामकृष्ण हुमागाई , महांकाल गाउंपालिकाका पुर्व अध्यक्ष रामचन्द्र दाहाल , एमाले गोदावरी अध्यक्ष प्रभाकर थापा लगायतले उमेदवारी दिने चर्चा छ ।

त्यसैगरी काङ्ग्रेसमा काङ्ग्रेस नेता ऋषिराम घिमिरे , पुरुषोत्तम सिल्वालको नाम चर्चामा देखिन्छ र यदि गठबन्धन हुदां माओबादीको भागमा परेको खण्डमा माओवादीमा बर्तमान प्रदेश सासंद लालकुमारी पुन र हरि दाहालकोनाम चर्चामा रहेको छ । त्यसैगरी ललितपुर १ खु मा नेकपा एामलेको तर्फवाट बर्तमान प्रदेश सासंद चेतनाथ सन्जेल, एमाले नेता सुरेन्द्र मोहन शर्मा , नेकपा एमाले ललितपुरका युवा नेता राजेन्द्र न्यौपाने, एमाले नेता ब्रह्मानन्द श्रेष्ठ आकाङ्क्षीको रुपमा अगाडि बढेका छन् । त्यसैगरी काङ्ग्रेसमा काङ्ग्रेस नेता मिनकृष्ण महर्जन अगाडि देखिन्छन तर काङ्ग्रेस भित्रै उक्त प्रदेश क्षेत्रमा रबिन्स शर्मा , बिमलचन्द्र बिष्ट , रामकृष्ण लामा लगायतका नेताहरु पनि लविङ्गमा रहेको बुझिन्छ ।

ललितपुर १ मा प्रतिनिधि सभामा एमालेको तर्फवाट बर्तमान सासंद नवराज सिलवाल निर्बिकल्प देखिए पनि नेकपा एमालेका प्रदेश कमिटी सदस्य मधुसुदन पौडेलले पनि संघिय संसदमा दावेदारी दिने भएका छन् ।