काठमाडौं, ६ भदौ
आगामी २०७९ मंसीर ४ गते हुने संघ र प्रदेसबाट ललितपुरको क्षेत्र नं. २ (क) बाट आफ्नो उम्मेदवार सुरक्षित गर्न नेताहरुको दौड धूपमा लागेका देखिएको छ । नेकपा एमालेबाट संघको मुख्य आकांक्षीहरु प्रेम महर्जन र हरिकृष्ण व्यञ्जनकार छन भने प्रदेसमा राम राउत, विपिन कार्की, रामेश्वर श्रेष्ठ र चिरिञ्जीवी आचार्य दौडमा जुटेका छन ।
नेपाली काँग्रेसबाट संघमा प्रेमलाल महर्जन र रामकृष्ण चित्रकार र प्रदेसमा दिवाकर शिल्वाल, पवन विक्रम थापा, दिवाकर नेपाल र महेश खड्का दौडमा जुटेका छन् । नेकपा माओवादी केन्द्र संघमा कनै उम्मेदवारी दिने संभावना देखिएको छैन प्रदेशमा धन कमार मैनाली, अभिलास श्याम मर्हजन, ठूलै कसरतमा जुटेका छन् । नेकपा समाजवादीले संघ र प्रदेशमा आफ्नो कुनै टुङ्गो लगाउन सकेको छैन । हेरौं कस्ले बाजी मार्ने हो ।