ललितपुर,भाद्र ५
ललितपुरको महालक्ष्मी नगरपालिकाको सामाजिक विकास लागि महिला अभियान संस्थाले तिज विशेष कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सदस्य, केन्द्रीय लेखा समिति सदस्य तथा महालक्ष्मी नगरपालिकाका पूर्व प्रमुख रामेश्वर श्रेष्ठ, नेकपा एमाले ललितपुर जिल्ला कमिटी सदस्य, राष्ट्रिय आदिवासी वनजाती महासंघ केन्द्रीय सदस्य देवीका राई, जिल्ला सदस्य आशा राई, महालक्ष्मी नगरपालिका वडा नं.१ र ९ अध्यक्षहरु, सदस्यहरु लगायतका सबै दलका सदस्यहरु उपस्थित २ सय पचास जनाको उपस्थितिका हुनुका साथै दोहोरी गित प्रतियोगिताको आयोजना गरी तीज मनाए ।

दोहोरी गितमा प्रथम हुने टिमलाई पन्ध्र सय रुपैयाँ पुरस्कारको समेत व्यवस्था गरिएको थियो ।