neapl investment mega bank

दुइ विद्येयक संसदबाट पारित

Aug 10th, 2022

काठमाडौ २५ साउन

प्रतिनिधिसभाको आज बसेको बैठकले तथ्यांक विधेयक, २०७८ र शपथसम्बन्धी विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको हो भने शपथसम्बन्धी विधेयक, २०७९ विद्येयकलाई पनि राष्ट्रियसभाको सन्देश सहित बहुमतले पारित गरेको हो ।

त्यस्तै संसदले खानेपानी तथा सरसफाई विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।