neapl investment mega bank
  • गृहपृष्ठ
  • मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न दलहरु सहमत

मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न दलहरु सहमत

Aug 3rd, 2022

काठमाडौ १८ साउन

निर्वाचन आयोगले प्रस्ताव गरेकै मितिमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन गर्न दलहरु सहमत भएका छन् । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन मंसिर ४ मा गर्न प्रस्ताव गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति भएका हुन् ।

मन्त्रिपरिषद्को भोलि बिहीबार बस्ने बैठकले चुनाव मिति तोक्ने निर्णय गर्ने छ ।