काठमाडौँ १३ साउन
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिबाट सफाइ पाएका छन् । शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोप छानविन गर्दा उनको आरोप पुष्टी हुने प्रमाण फेला नपरेको समितिले वताएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै छानविन गर्न गठित संसदीय समितिले फुटेजको अध्ययन गरेको थियो । संसदीय विशेष छानबिन समितिले १७ दिन लगाएर निवर्तमान अर्थमन्त्री शर्माको बारेमा अनुसन्धानका गर्दा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको जनाएको छ ।
प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा शर्मामाथि आरोप पुष्टि हुने प्रमाण फेला नपरेको बताए ।
अर्थमन्त्रालयमा रहेको सीसीटीभी फुटेज डिलिट भएको भन्दै प्रहरीको फरेन्सिक ल्यावमा पठाएर रिकभर गराइएको थियो । तर, रिकभर भएको सीसीटीभीमा अर्को व्यक्ति मन्त्रालय छिरेको प्रमाण नभेटिएको समितिको दावी छ ।