neapl investment mega bank
  • गृहपृष्ठ
  • एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको परराष्ट्रमन्त्री खड्काको भनाइ

एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको परराष्ट्रमन्त्री खड्काको भनाइ

Jul 29th, 2022

काठमाडौं १३ साउन

अमेरिकालाई एसपीपी कार्यक्रम अघि नबढाउने पत्र पठाइसकेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले साउन ९ गते नै कुटनीतिक माध्यमबाट लिखित पत्र पठाइसकिएको वताएका हुन् ।

उनले साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकबाट केही समय अघि एसपीपी अस्वीकार गर्ने निर्णय गरे पनि आधिकारिक पत्र पठाउन आन्तरिक परामर्श आवश्यक भएकाले केही ढिलो भएको मन्त्री खड्काले वताए ।