काठमाडौं १३ साउन
पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रकरणबारे गरिएको छानबिनको प्रतिवेदन आज आउने भएको छ । चालू आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
समितिले १७ दिन लगाएर गरेको छानबिनको प्रतिवेदन शुक्रबार सभामुखसँग समय मागेर बुझाइने समितिका सचिव सुरेन्द्र अर्यालले जनाएका छन् ।
बजेट निर्माणको अघिल्लो दिन १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो ।