neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाले सामूदायिक विद्यालय व्याबस्थापनसंग छलफल गर्दै

महालक्ष्मी नगरपालिकाले सामूदायिक विद्यालय व्याबस्थापनसंग छलफल गर्दै

Jul 27th, 2022

ललितपुर, ११ साउन

महालक्ष्मी नगरभित्रका सबै सामूदायिक विद्यालयको स्तरोन्नती, व्याबस्थापन, अनुगमन र आगामी योजना निर्माणका लागि महालक्ष्मी नगर शिक्षा समिति र विद्यालय व्याबस्थापनको संयुक्त्त बैठक बसीरहेको छ ।

यसैक्रममा अहिलेसम्म गम्भिर समुन्द्र, महेन्द्र आदर्श, महेन्द्र ग्राम मावि, सिद्धी मंगल मावि, भानुदय मावि हुदै आज बुधवार चांगाथलीस्थित नारायणी आधारभूत स्कुलमा संयुक्त बैठक सम्पन्न भएको छ ।

एक हप्ताभित्र नगरभित्रका १४ वटा सामुदायिक विद्यालयको अवलोकन निरिक्षण गर्ने कार्यक्रमअनुसार महालक्ष्मी नगरका नगरप्रमुख, उपप्रमुख, सम्बन्धित वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा अभिभावकबिच छलफल गरी राम्रा नराम्रा पक्षलाई घनिभूत ढंगले नियाल्दै सामूदायिक विद्यालयको स्तरोन्नतीमा ध्यान दिने महालक्ष्मी नगरका शिक्षा प्रमुख चिरञ्जिवी पौंडेलले जानकारी दिए ।

उनलेले सामूदायिक विद्यालयको व्यावस्थापन चुस्त बनाउन, गुणस्तर बढाउन, विद्याथीहरुलाई सहयोग गर्नकै लागि यो कार्यक्रम राखिएको वताए । सो अवसरमा महालक्ष्मी नगरका प्रमुख हरिगोबिन्द श्रेष्ठले महालक्ष्मी नगरलाई शैक्षिक हव बनाउने योजना अनुरुप नगरमा शिक्षा समितिको गठन गरेर स्कुल व्याबस्थापनबिच छलफलमा जुटेको बताए ।

सामूदायिक स्कुलमा सरकारले सब किसिमको सुविधाका दिदा पनि प्रभावकारी बनाउन नसकिएको श्रेष्ठले बताउदै पाँच बर्षमा प्राथमिकताका योजना तोकेर बर्षै पिच्छे काम तोक्न नारायणी विद्यालय व्याबस्थापन समितिलाई निर्देशन दिए ।

‘नगरपालिकाले एक करोडको योजनामा १० लाख दिने योजना हटाएको छ, उनले भने, ( १० बर्षमा बन्ने योजना हो र १ राम्रो सोंचका साथ योजना ल्याए आर्थिक भौतिक श्रोत जुटाउन समस्या हुदैन । ’
पाँच बर्षमा बिद्यालय कस्तो बनाउने भन्नेमा समितिको र शिक्षकहरुको हात भएकाले स्कुल सुन्दर बनाउन क्षमताको अधिकतम प्रयोग गर्न अछामीले आग्रह गरे । ईच्छाशक्ति बलियो बनाएर भएका स्रोत साधन प्रयोग गरेर अगाडी बढ्ने सपना देख्दा योजना सफल हुने बताए ।

यसैगरी उपप्रमुख लक्ष्मी महर्जनले सरकारी स्कुललाई कसरी व्याबस्थापन गर्ने बिषयमा गम्भिर छलफल भईरहेको बताईन् । स्कुल व्याबस्थापन समितिले स्कुलको व्याबस्थापनमा कमजोरी नगरीकन स्कुल सरसफाईदेखि गुणस्तरमा ध्यान दिनेगरी सपना देख्न आग्रह गरिन् । नगरले सामूदायिक बिद्यालयको शिक्षालाई प्राथमिकतामा राखेर लगानी गर्नका लागि अनुगमन, छलफल, चुनौती, सल्लाह र सुझाव लिएर अगाडी बढीरहेको जानकारी दिईन् ।