neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका ७ मा एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ गठन

महालक्ष्मी नगरपालिका ७ मा एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ गठन

Jul 27th, 2022

ललितपुर ११ साउन

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ मा नेकपा एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल गठन भएको छ । देवीमाया समालको अध्यक्षतामा गठन भएको महासंघमा उपाध्यक्ष सच्चमाया तामाङ, सचिव गंगा मगर सहसचिव संगिता मगर कोषध्यक्ष फुलमाया लिम्वु तथा सहस्यहरु धनमाय लिम्बु, जमुना लिला लिम्बु, सपना लिम्बु र सृष्टि चौधरी चयन भएका छन् ।

नेकपा एमाले ललितपुर जिल्ला कमिटि सदस्य नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं ४ की इन्चार्ज देविका राइको प्रमुख आतिथ्यतामा भएको थियो । अतिथिहरुमा नेकपा एमाले नगर कमिटी सदस्य तथा बलराम वाग्ले, डोलेन्द्र भट्टराइ, नेकपा एमाले नगर कमिटी सदस्य तथा नेकपा एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल ललितपुर जिल्ला सदस्य गोमा श्रेष्ठ, कुमारी तामाङ नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं ७ कमिटि उपाध्यक्ष अनुराधा कोइराला, महासचिव प्रमेश सुवेदी , महालक्ष्मी नगरपालिका वडा नं ७ सचिवालय सदस्य यसोदा वस्नेत नेकपा एमाले मनपा वडा नं १ का सहसचिव चित्र वहादुर बस्नेत, एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल महालक्ष्मी नगर कमिटि इन्चार्ज गोपाल श्रेष्ठ रहेका थिए । कार्यक्रमका अध्यक्षता नेकपा एमाले लोकतान्त्रीक आदिवासी जनजाती महासंघ नेपाल महालक्ष्मी नगर कमिटि अध्यक्ष संगिता राइले गरेकी थिइन्