neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल होमल्याण्ड डट कम को शाखा ईमाडोलमा

नेपाल होमल्याण्ड डट कम को शाखा ईमाडोलमा

Jul 26th, 2022

काठमाडौं, ११ साउन

बिगत देखि नै काठमाडौमा घरधनीलाई आफ्नो घर, कोठा, फ्ल्याट भाडामा दिन तथा बहालवाला लाई आफुलाई उपयुक्त ठाउँमा फ्ल्याट वा कोठा खोज्न सजिलो र छिटोछरितो होस् भनेर नेपाल होमल्याण्ड डट कम ले बागबजार र कलंकी मा अफिस संचालन गरि सेवा दिंदै आएको छ।
ललितपुर जिल्लामा पनि घरधनी हरुको आवश्यकता र बहालवालाहरुको माग अनुसार सेवा दिनको लागि ईमाडोलमा शाखा कार्यालय बिस्तार गरेको छ।

इमाडोलमा भर्खरै खुलेको शाखाले बिशेष गरेर ललितपुर महानगर र महालक्ष्मी नगरपालिका भित्र का घरधनीहरुलाई आफ्नो घर, फ्ल्याट, गोदाम, शटर, जग्गा हरु सजिलोसँग भाडामा लगाउन र बहालमा लिने हरुलाई नि घर घर पुगेर सोधखोज गर्ने झन्झट बाट मुक्त भएर सजिलै आफुले खोजेजस्तो कोठा वा फ्ल्याट पाउने शाखा प्रबन्धक राम केसीले बताउनुभयो।

साथै अफिस, कोठा वा अन्य सरसामान ओसारपसार र ढुवानी गर्नको लागी सुलभ भाडामा गाडीको पनि सुबिधा रहेको कुरा प्रबन्धक केसीले जानकारी गराउनुभयो।