ललितपुर ९ साउन
नेकपा एकीकृत समाजवादी महालक्ष्मी नगर कमिटीले जग्गा वर्गीकरणको निर्णयमा ढिलाई गरेको भन्दै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोबिन्द श्रेष्ठ समक्ष ज्ञापन पत्र बुझाएको छ ।
सो सम्वन्धी निर्णय कार्यान्वयन गर्न कम्तिमा एक वर्ष लाग्ने र हाल केही त्रृटी भएको खण्डमा प्रतिनिधिसभा मार्फत सच्याउनु पर्ने भएकाले दिगो रुपमा समाधान गर्न ढिलाइ भएको मेयर श्रेष्ठको भनाइ छ ।
जग्गा वर्गीकरणको निर्णय नहुुँदा जनताले जग्गा कित्ताकाट गरेर बेचबिखन गरि व्यवहार चलाउन, अंशबण्डा लगायतका काम गर्न नपाएको भन्दै ज्ञापन पत्र बुझाएको महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापाले वताएका छन् । उनले ऐन तथा नियमावली बमोजिम वर्गीकरण नगरिएसम्म भू उपयोग नियमावली २०७९ को नियम ५ को उपनियम ७ बमोजिम गैह्र कृषी क्षेत्र वा आवाशिय क्षेत्र कायम गरी कित्ताकाटको लागि वडा कार्यालयहरुबाट भू उपयोग परिषदको निर्णयसहितको सिफारिश हुने व्यवस्था मिलाउन ध्यानाकर्षण गरिएको बताए ।
नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटी सदस्य नन्द न्यौपाने, डि के थापा, महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापा, सचिव लक्ष्मण रोक्कालगायत नगर कमिटी सदस्यहरुको उपस्थितीमा उक्त ज्ञापन पत्र बुझाइएको हो ।