neapl investment mega bank
  • गृहपृष्ठ
  • एक बर्षमा पेट्रोलियम पदार्थ खरिदमा बाहिरियो ३ खर्ब २० अर्ब

एक बर्षमा पेट्रोलियम पदार्थ खरिदमा बाहिरियो ३ खर्ब २० अर्ब

Jul 25th, 2022

काठमाडौ ९ साउन

बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ ।

एक विवरणअनुसार एक वर्षको अवधिमा रु सवा तीन खर्ब बढी नेपाली बाहिरिएको हो । भन्सार विभागले आज सार्वजनिक गरेको गत आव २०७८र७९ को तथ्याङ्कअनुसार नेपालले भारतबाट रु तीन खर्ब २० अर्ब ३२ करोड ७४ लाख ६५ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सबैभन्दा बढी डिजेल आयातमा नेपाली रुपैयाँ बाहिरिएको पाइएको छ । एक वर्षको अवधिमा नेपालले रु एक खर्ब ६८ अर्ब २३ करोड ३२ लाख बढीको डिजेल मात्रै आयात गरेको हो ।

रु ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार बराबरको डिजेल, रु ६५ अर्ब ५५ करोड नौ लाख बराबरको खाना पकाउने एलपी ग्यास र रु १५ अर्ब १५ करोड ४९ लाख बराबरको हवाई इन्धन आयात भएको छ ।

एक वर्षको अवधिमा रु एक खर्ब १३ अर्ब बराबरको भटमास, पाम र सूर्यमुखीको कच्चा तेल, रु ५२ अर्ब बराबरको मोबाइल र ल्यापटप, रु ४८ अर्बको सुन–चाँदी र रु ७३ अर्बभन्दा बढीको खाद्यान्न आयात भएको छ ।

नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेलको निर्यात भएको छ ।

एक वर्षको अवधिमा रु ४८ अर्ब १२ करोड बराबरको प्रशोधित भटमासको तेल, रु ४१ अर्ब ६४ करोड बराबरको प्रशोधित पाम तेल, रु १० अर्ब १४ करोड बराबरको सेन्थेटिक यार्न, रु सात अर्ब ७१ करोड बराबरको उनीका सामग्री तथा रु पाँच अर्ब ७६ करोड बराबरका तयारी कपडाको निर्यात भएको छ । रासस