विराटनगर,९ साउन
महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।
यसरी नियन्त्रणमा लिएका एमपी (९ एचजी ८३२), एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ नंका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।
अवैध सुपारीसहित नियन्त्रणका लिएका आठवटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।