neapl investment mega bank
  • गृहपृष्ठ
  • भक्तपुरमा सडक छेउको रूख ढलेर बसमाथि बज्रिदा ३ जनाको मृत्यु, १२ घाइते

भक्तपुरमा सडक छेउको रूख ढलेर बसमाथि बज्रिदा ३ जनाको मृत्यु, १२ घाइते

Jul 24th, 2022

घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको ट्रफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।
काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको हो ।

भक्तपुर ८ साउन

भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडक छेउको रुख ढलेर सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हो ।

सो घटनामा परी एक दर्जनभन्दा बढी घाइते भएका छन् ।रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।