neapl investment mega bank
  • गृहपृष्ठ
  • ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य सहित मौद्रिक नीति सार्वजनिक

Jul 22nd, 2022

काठमाडौँ ६ साउन

नेपाल राष्ट्र बैंकले आज शुक्रबार आर्थिक वर्ष २०७९ ८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको हो । ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै चालू वर्षको मौद्रिक नीति सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताएका हुन् ।

उनकाअनुसार चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्यलाई सहयोग गर्नेगरी चालू वर्षको मौद्रिक नीति ल्याइएको छ ।

सोही सीमाभित्र रहेर चालू वर्षमा ८ प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी मौद्रिक नीति आएको उनको भनाइ छ ।

यसैगरी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत न्यूनतम् ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्नेगरी विदेशी मुद्राको व्यवस्थापन गर्दै आर्थिक उत्पादनमा केन्द्रित हुने बताएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियत चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने पनि जनाएको छ।