neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्तो रहनेछ साउने सक्रांन्ती सम्मको मौसम

यस्तो रहनेछ साउने सक्रांन्ती सम्मको मौसम

Jul 15th, 2022

काठमाडौ ३१ असार

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम्विद्ले आग्रह गरेका छन् । 

असार ३१ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्यता बदली रहनेछ।  देशका  पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू(भागमा आंशिक देखि मौसम सामान्यता सफा  रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 
असार ३२ गते (शनिबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्यता बदली रहनेछ। देश भरका पहाडी भूभागका केही स्थानहरूमा  र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भूभागका केही र अन्य प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साउन १ गते (आइतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ। देशभरका पहाडी भूभागका केही स्थानहरूमा  र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, र  गण्डकी प्रदेशका पहाडी भूभागका केही, बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।