neapl investment mega bank
  • गृहपृष्ठ
  • भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

Jul 13th, 2022

काठमाडौँ २९ असार

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ ।

प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको वताइएको छ ।