neapl investment mega bank
  • गृहपृष्ठ
  • वामदेव गौतमको प्रश्न संसदका उपसभामुख र उपाध्यक्ष पदमा महिला किन भएनन् ?

वामदेव गौतमको प्रश्न संसदका उपसभामुख र उपाध्यक्ष पदमा महिला किन भएनन् ?

Jul 12th, 2022

काठमाडौ २८ असार

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको वताएका छन् ।

उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिभि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ महिना यता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए ।

मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन् ।

गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको बताए ।

आफू संविधानको निर्माता भएकोले संविधान विपरित भइरहेका गतिविधि सहन नसक्ने उनको चेतावनी छ । उनले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद भएको बताए ।

सदस्य गौतमले भने, ‘व्यवस्थापकीय सम्बन्धमा प्रतिनिधि सभाको सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको सम्बन्धमा जे व्यवस्था गरेको छ, त्यो व्यवस्थाको सम्बन्धमा मैले सम्बन्धित पक्षको ध्यानाकर्षण गर्नको निम्ति उल्लेख गर्दैछु ।

संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था छ । त्यसमा प्रतिनिधि सभामा पनि र राष्ट्रिय सभामा पनि उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना छैन । त्यसमध्ये एक अनिवार्य रुपमा महिला हुनुपर्नेछ । यसको अर्थ के पनि हुन्छ भने पुरुष महिलामध्ये पुरुष नभएपनि हुन्छ तर महिला अनिवार्य हुनुपर्छ । किनभने महिला अनिवार्य भनेर लेखिएको छ ।

उनले भने , प्रतिनिधि सभामा लाजमर्दो स्थिति भयो, किनभने विगत ४ वर्ष यता उपसभामुख नै छैन । यदी पुरुष अनिवार्य भनेको भए खालि हुने बित्तिकै पूरा हुन्थ्यो । के कारणले सरकारको ध्यान गएको छैन रु राजनीतिक दलहरुको ध्यान गएको छैन? राष्ट्रिय सभामा यो विषय प्रवेश गराउन चाहन्छु ।

राष्ट्रिय सभा सदस्य गौतमले करिव ४ महिना यता राष्ट्रिय सभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रिय सभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराएका हुन्।