काठमाडौं । संघिय संसदले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो ।
सरकारको नागरिकता विधेयक फिर्ता लिन यसअघि नै गरेको निर्णयअनुसार आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।
सो प्रस्तावमाथि एमालेका सांसदहरुले आपत्ति जनाएका थिए । विरोधकैबिच सो विद्येयक फिर्ता लिइएको हो ।