काठमाडौँ . जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
देशको प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भुभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नं १,बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक–दुई स्थानहरू साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
असार २४ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश ,गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यदेखी पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानहरू साथै बांकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना छ ।
असार २५ गते (शनिबार)
दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखी पूर्ण बदली रहनेछ र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बांकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १ र बाग्मती प्रदेशका एक-दुई स्थानहरूमा साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असार २६ गते (आईतबार)
दिउँसो : देशभर आंशिकदेखी सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बांकी भुभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल दिपायलको मिनिमम तापक्रम २४ डिग्रीसेल्सियस म्याक्सिमम ३७.२ डिग्रीसेल्सियस पछिल्लो २४ घण्टामा २७.८ मिलिलिटर बर्षा, नेपालगन्जको मिनिमम तापक्रम २९ डिग्रीसेल्सियस र म्याक्सिमम ३६.८ डिग्रीसेल्सियस र बर्षा शून्य मिलिलिटर, पोखराको मिनिमम तापक्रम २२.४ डिग्रीसेल्सियस, म्याक्सिमम तापक्रम ३३.५ डिग्रीसेल्सियस र
पछिल्लो २४ घण्टामा २४.६ मिलिलिटर बर्षा भएको छ भने काठमाडौँको म्याम्सिमम तापक्रम ३१.२ डिग्रीसेल्सियस, मिनिमम तापक्रम २१.२ डिग्रीसेल्सियस र पछिल्लो २४ घण्टामा ११.५ मिलिलिटर बर्षा भएको मौसमविभागले जनाएको छ ।