काठमाडौँ २२ असार
सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन विदा दिने निर्णय गरेको हो ।
असार २६ गते आइतबारका दिन पर्ने सो पर्वमा विदा दिन मुस्लिम आयोगले अनुरोध गरेकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।