काठमाडौँ २२ असार
संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बुधबार बिहान ११ बजे सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।