neapl investment mega bank
  • गृहपृष्ठ
  • रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

Jul 5th, 2022

काठमाडौँ २१ आसार

रामेछापमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप जनाएको छ। मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको बताइएको छ । भने २५ जना घाइतेको उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।