neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीको हिरासतमा रहेका सहयोगी सहकारी संस्थाका व्यवस्थापकको निक्ष्पक्ष छानविनको माग

प्रहरीको हिरासतमा रहेका सहयोगी सहकारी संस्थाका व्यवस्थापकको निक्ष्पक्ष छानविनको माग

Jul 3rd, 2022

ललितपुर १९ असार

हातहतियार बोकेको आरोपमा पक्राउ परेका सहयोगी बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक श्यामकृष्ण श्रेष्ठ र अध्यक्ष अनिल श्रेष्ठको निक्ष्पक्ष छानविनका लागि परिवार तथा आफन्तले माग गरेका छन् । श्रेष्ठ असार १३ गते संस्थागत कामको सिसिलसिलामा अभिनन्दन सहकारी संस्था गएका र त्यहाँबाट फर्कने क्रममा इमाडोलबाट पक्राउ परेका थिए । उनको सवारी साधानबाट हातहतियर वरामद भएकोले थप अनुसन्धानको लागि अनिल श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठलाई जाउलाखेल पुलिस चौकी राखिएको छ ।

तर सहकारी संस्थाका सञ्चालन समिति सदस्य तथा परिवारले उनीहरुमाथि लगाएको आरोप सत्य नभएकोले निष्पक्ष छानविनको माग गरेका छन् । जाउलाखेल प्रहरी चौककिा प्रवक्ता प्रज्वल महर्जनले आरोपीहरुको छानविन भैरहेकोले अझै केही दिन हिरासतमै रहने वताए ।