neapl investment mega bank

एउटा सरकारी विद्यालय यसरी भयो अब्बल…

Jul 3rd, 2022

काठमाडौ १९ असार

सरकारले शिक्षा क्षेत्रमा ठूलो रकम खर्च गरे पनि अपेक्षित परिणाम हासिल हुन सकेको छैन । 

सार्वजनिक शिक्षामा गरिएको लगानी ‘बालुवामा पानी’ जस्तै भएको भन्ने गुनासो पनि यत्रतत्र सुनिन्छ । 

पछिल्ला दिनमा त सरकारी विद्यालयमा अध्ययन गर्नेलाई उपेक्षित भावले हेर्ने प्रवृत्ति पनि रहेको छ । अर्कोतर्फ निजी विद्यालयमा बढेको चर्को व्यापारीकरणका कारण शिक्षामा असमानता पनि उत्तिकै हुर्कंदै गएको छ । 
 
यस्तो विषम अवस्थामा पनि केही सरकारी लगानीका विद्यालयले गरेको प्रगति भने लोभलाग्दो छ । 

अधिकांश सरकारी विद्यालयका शिक्षक पढाउने कामबाहेक अरु काममा बढी समय दिन्छन् भन्ने गुनासोका बीच केही विद्यालयले स्थापित गरेको मानक भने प्रशंसा योग्य नै रहेको छ । 

त्यस्तै मानक कायम गरेको विद्यालयको नाम हो भक्तपुरको नगदेशमा रहेको गणेश मावि । नेपाली समाजमा कुनै पनि काम गर्नुभन्दा पहिले शुभ रहोस् भनेर गणेशको पूजाअर्चना गरिन्छ । 

हो, सोही शुभकार्यको प्रेरकका नाममा स्थापना भएको गणेश मावि यतिबेला देशकै केही अब्बल विद्यालयमध्येमा पर्छ । सो विद्यालयमा पढाउनका लागि अभिभावकले रोइकराइ गर्नुपर्ने बाध्यता रहेको छ । 
 
सरकारी लगानीको विद्यालय भए पनि अभिभावक आफ्ना छोराछोरीलाई सोही विद्यालयमा पढाउनका लागि राजनीतिक नेतृत्वलाई सोर्सफोर्स लगाउन बाध्य छन् । तर त्यसले पनि काम गर्दैन । 

प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले मात्रै सो विद्यालयमा प्रवेश पाउँछन् । कक्षाकोठाको अभाव छ । अन्य भौतिक संरचना समेत साघुँरो बन्दै गएको छ । 

तर हरेक वर्ष विद्यार्थी थपिनेक्रम बढ्दै गएको छ । हरेक कक्षाकोठा भरिभराउ छन् । त्यसको तुलनामा शिक्षक कम भए पनि स्थानीय अभिभावक सोही विद्यालयमा नै आफ्ना सन्ततिले भर्ना पाएहुन्थ्यो भन्ने चाहना राख्छन् । 
 
विसं २००८ मा स्थापना भएको सो विद्यालयले यसबीचमा हजारौँ विद्यार्थी उत्पादन ग¥यो । धेरैलाई शिक्षाको उज्यालो ज्योति दियो । भक्तपुरको नाम राख्यो र नगदेश भनेर चिनायो । 

गणेश माविले दिएको परिचयलाई धेरैले सिँगार्ने मौका पाए । आज सोही विद्यालय भक्तपुरकै अब्बल विद्यालयका रुपमा दर्ज हुँदा ती सबैलाई फेरि एकपटक आल्लादित बनाइदिएको छ । 
 
विद्यालयमा कूल एक हजार १२ जना विद्यार्थी छन् । त्यसमा पनि कक्षा १० सम्म विद्यार्थीको सङ्ख्या मात्रै ८०० छन् । वरिपरिका अभिभावकले निजी विद्यालयमा राखेका आफ्ना सन्तति धमाधम निकाल्दै गणेश माविमा ल्याउन थाले ।

सीमित साधन र स्रोतमा चलेको विद्यालयले थामीसक्ने अवस्था नै भएन । अत्यधिक चाप परेपछि विद्यालयले प्रवेश परीक्षा लिएर भर्ना लिएको विद्यालयका प्रधानाध्यापक केशवचरण श्रेष्ठको भनाइ छ । 
 
केशवचरणले सो विद्यालयमा अध्यापन गर्न थालेका तीन दशक पूरा भयो । सुरुसुरुमा सरकारी विद्यालय बिग्रेकै होला त भने जस्तो लाग्थ्यो उनलाई पनि ।

‘सरकारी काम कहिले जाला घाम’ भन्ने शैलीमा धेरैजसो विद्यालय अहिले पनि अधोगतितिर नै लागेको उहाँले पनि देखेकबा छन् । 

“तर विद्यालय सुधार्ने जिम्मा हाम्रो हो, हामीले केही प्रयास ग¥यौँ भने धेरै सुधार गर्न सकिन्छ र नाम राख्न सकिन्छ भन्ने मान्यताका साथ काम ग¥यौँ भने त्यसै दिनदेखि विद्यालयको गुणस्तर सुधार हुन्छ”, उनले भने, “यो मेरो दायित्व हो । हामी सरकारी कर्मचारी मात्रै होइनौँ, समाज सुधारक पनि हौँ भन्ने ठान्यौँ भने सुधार त्यहीँबाट सुरु हुन्छ ।”
 
यस विद्यालयले अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन गरिरहेको छ । सरकारले दिएको रकमबाट अपुग भए पनि विद्यालयले व्यवस्थापन गरेरै दिवा खाजाको कार्यक्रम निरन्तर चलाइरहेको छ । 

कूल ४३७ जना विद्यार्थीले दिवा खाजा खान्छन् । आगामी आवका लागि कक्षा ६ का विद्यार्थीलाई समेत खाजा खुवाउने सरकारको नीति आएकाले अब त्यो सङ्ख्या बढेर ५०० जना बराबर पुग्नेछ । 
 
कक्षामा पढाउनु छैन भने शिक्षक आफैँ भान्छामा पुग्छन् । कोही तरकारी काट्न थाल्छन् । कोही ग्यास बाल्न । कोही भाँडा पखाल्न थाल्छन् भने कोही पकाउन ।

विद्यार्थीले खाजा नखाइकन शिक्षकले खाजा पनि खाँदैनन् । रासस प्रतिनिधि विद्यालय परिसर पुग्दा शिक्षक र विद्यालयका कर्मचारी मिलेर विद्यार्थीलाई खाजा खुवाइरहेका थिए । 
  
विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि नर्स उपलब्ध छ । विद्यालयको नियमित प्राथना हुने समयभन्दा ढिला आउने विद्यार्थीलाई मात्रै होइन, शिक्षकले समेत प्रवेश पाउँदैनन् । दिनभर सबैले देख्ने सार्वजनिक सूचना पाटीमा त्यस्ता शिक्षकको नाम राखिन्छ । 

यस्तो व्यवस्था गरिएपछि शिक्षकलाई समेत अनुशासनमा राख्न सहयोग पुगेको प्रअ केशवचरणको अनुभव छ । 

“मानिसलाई नैतिक अनुशासनमा राख्न सकियो भने धेरै काम गर्न सकिँदोरहेछ, लज्जित हुनुभन्दा तोकिएको समयभन्दाअगावै विद्यालय हातामा प्रवेश गर्नु राम्रो हो भन्ने भावनाको विकास भएको छ”, उनले भने । 
 
विद्यालय हातामा प्रवेश गरेपछि अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकले विद्यार्थी, सहकर्मीसँग पनि अङ्ग्रेजीमा नै संवाद गर्नुपर्छ । 

विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउन विद्यालयले दण्डरहित प्रणालीको विकास गरेको छ । 

विद्यार्थीलाई दण्ड दिएरभन्दा पनि गलत काम गर्नु हुँदैन भन्ने चेतनाको विकास गराउन अधिकतम प्रयास गरिन्छ । 

दण्डले विद्यार्थीमा नकारात्मक सोच विकास हुने र त्यसले झनै गलत मनोवृत्तिको विकास गर्ने भएकाले सकारात्मक ढङ्गबाटै सुधारमा जोड दिइएको छ । 
 
दश वर्ष पहिले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा ठूलै पापड पेल्नुपरेको थियो । “एक निजी इस्टिच्युटबाट प्रशिक्षक ल्याएर भाषा कक्षा सञ्चालन गरियो । 

केही शिक्षकले सकिन्छ र १ भनिरहेका थिए तर हामीले सकिन्छ, गर्नैपर्छ भनेर सुरु ग¥र्यौ । आज हामी सफल भएका छौँ”, प्रअ श्रेष्ठको भनाइ छ । 
 
कोरोनाका कारण पछिल्ला दुई वर्ष शिक्षा क्षेत्र नराम्ररी प्रभावित भयो । गणेश मावि कहिल्यै पनि प्रभावित भएन । कुनै पनि दिन विद्यार्थीले पढन पाएनन् भन्ने गुनासो अभिभावकले सुन्नु परेन । 

अनलाइन माध्यमबाट हरेक दिन कक्षा चले । मोबाइल भएकाले सहजै पढ्न पाए । नभएकालाई समेत विद्यालयले वैकिल्पिक व्यवस्था ग¥यो । 

कोही समूहमा बसेर पढे भने कोही सामाजिक र व्यक्तिगत दुरी कायमै राखेर पढे । वरपरका निजी विद्यालयसमेत जुमबाट कसरी कक्षा सञ्चालन गर्ने भनेर गणेश माविका शिक्षकसँग सिक्न आएका थिए । 
 
एक निजी विद्यालयमा १५ वर्ष अध्यापन गराएका विजयचरण श्रेष्ठ यतिबेला सोही विद्यालयको सहायक प्रधानाध्यापक हुन् ।  

नातामा केशवचरणको भाइ विजयचरण गरे हरेक कुरा सम्भव हुने रहेछ भन्ने कुरा आफूले गणेश माविमा आएपछि थाहा पाएको बताउछन् । 

निजी विद्यालयलेभन्दा राम्रो र गुणतस्तरीय शिक्षा सरकारी विद्यालयले दिएको उनको दाबी छ ।  
 
विद्यालयमा हरेक दिन प्राथना हुन्छ । प्रारम्भिक बाल शिक्षा र कक्षा १ का विद्यार्थीलाई कक्षामा नै सो कार्य गराइन्छ । 

विद्यार्थी घरबाट आयो कि आएन, कहाँ गयो, गृहकार्य समयमा ग¥यो कि गरेन वा उसलाई केही समस्या छ कि भनेर शिक्षकले मसिनो गरी हेर्छन् । 

विद्यालयमा नै ४८ वटा कम्प्युटर उपलब्ध छ । विज्ञान शिक्षाका लागि प्रयोगशाला छ । विद्यार्थीले सहजैरुपमा आफूले सिक्न मन लागेका कुरा सिक्न पाउँछन् । 

सरकारले विद्यालयलाई २२ जना शिक्षकको दरबन्दी दिएको छ । विद्यालयमा नर्स, सहयोगी कर्मचारीसहित २९ जना कार्यरत छन् । 

स्थान अभावले गर्दा कक्षा विभाजन गर्न सकिएको छैन । कूल ९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेका बाध्यता सुनाउँछन् । 

सरकारले विद्यालयलाई २२ जना शिक्षकको दरबन्दी दिएको छ । विद्यालयमा नर्स, सहयोगी कर्मचारीसहित २९ जना कार्यरत छन् । 

स्थान अभावले गर्दा कक्षा विभाजन गर्न सकिएको छैन । कूल ९० जनासम्म विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनु परेका बाध्यता सुनाउछन् ।रासस