neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

निर्वाचनको खर्च विवरण बुझाउन आयोगको ताकेता

Jun 23rd, 2022

काठमाडौँ ९ असार

निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उमेदवारले गरेको चुनावी खर्चको विवरण बुझाउन ताकेता गरेको छ ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरेर सिफारिससहित कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयलाई निर्देशन दिइएको वताएका छन् ।

निर्वाचन आयोग ऐन, २०७३ बमोजिम तोकिएको ढाँचामा निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनुपर्ने आयोगले पुनः स्मरण गराएको हो ।