ललितपुर ५ असार
ललितपुर महानगरपालिकाले गरेका निर्णय कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको देखिएको छ । महानगरले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन हुने गरेकोले विकासका गतिविधि पनि तिवै रुपले अघि बढेको महानगरपालिकाले जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार जेठ २० गते बसेको ललितपुर महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकले तीन वटा निर्णय गरेको छ । ललितपुर महानगरका प्रमुख, उपप्रमुख तथा २९ वडाका वडाध्यक्षको बैठकले तीन महत्त्वपूर्ण निर्णय गरेको हो । वडास्तरीय योजनाको समग्र व्यवस्थापन, लागत अनुमान, सम्झौता र कामको अनुगमन गर्ने निर्णय अर्यालले जानकारी दिएका छन्।
यसैगरी सो महानगरपालिकाले राजस्व सङ्कलन प्रणालीलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । जसमा व्यवसाय कर वडाबाट सङ्कलन हुने र सम्पत्ति कर महानगरबाट सङ्कलन गर्ने उल्लेख छ । करदाताको सङ्ख्याको अध्ययन गर्नेसमेत निर्णय भएको छ । जसमा साना, मझौला र ठूला कुन प्रकृतिका करदाता थपिए यसको तथ्याङ्क निकालिने छ । कर भुक्तानी प्रणालीलाई डिजिटलाइज गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
यसको साथै महानगरमा गाभिएका चक्रपथ बाहिरका वडाको फोहोर व्यवस्थापन गर्ने निर्याय पनि कार्याव्नयनमा जाने भएको छ । जसका लागि ‘क्लोज टाइप’को ट्रक खरिद गर्ने निर्णय भएको छ । जसले हाल फोहोर सङ्कलन गर्न प्रयोगमा रहेको ट्रकको दुई गुणा बढी फोहोर सकलन गर्न सक्दछ । दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने गरी भएका निर्णय क्रमश कार्यान्वयन हुने महानगपालिकाले जनाएको छ ।
ललितपुर महानगरमा पहिलो निर्वाचनमा गरेका निर्णय धेरै कार्यान्वयन भएको जनाउदै सो महानगरपालिकाले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनकोे पदभार ग्रहणपछि महानगरभित्रको खाल्डाखुल्डी पुर्ने पहिलो निर्णय भएको उल्लेख गरेको छ । एड्भोट्रियल