ललितपुर ४ असार
ललितपुर महानगरपालिकाले आफ्नो नीति कार्यक्रम र बजेटमा धार्मिक धार्मिक सम्पदालाई प्राथमिकता दिदै आएको छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरले ढाकेको नगरीको रुपमा परिचित ललितपुर महानगरपालिकाको संस्कृति र सम्पदाको संरक्षण र पुर्ननिर्माण त्यहाँको स्थानीय सरकारको प्रमुख एजेण्डामा पनि समेटिएको छ ।
भर्खरै सम्पन्न स्थानीय चुनावमा महानगरको प्रमुख पद जितेका महर्जनले पनि यस महानगरको धार्मिक तथा ऐतिहासिक महत्वको जगेर्ना गर्दै सम्पदा संरक्षणका लागि विभिन्न योजना अघि समरेका थिए । नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये सर्वप्राचीन नगर ललितपुर अनुपम कलानगरीको रुपमा सुपरिचित छ ।
वि सं. १९७५ सालमा जारी भएको “पाटन सवाल” बाट “छेमडोल अड्डा” को नामबाट संचालन भई वि. सं. २००९ सालमा ललितपुर नगरपालिका, वि.सं. २०१८ सालमा ललितपुर नगर पञ्चायत, वि.सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि.सं. २०५२ सालमा ललिपुर उप–महानगरपालिकाको नाममा कायम भएको थियो ।
त्यसैगरी २०७३ मा ललितपुर महानगरपालिकाको रुपमा विकसित भएको हो । उपत्यकाको प्रसिद्ध तीन शहरमध्ये ललितपुर सबैभन्दा पुरानो सहर मानिन्छ । यसलाई प्राचीन कालदेखि हालसम्म विभिन्न नामले चिनिँदै आएको पाइन्छ । जस्तै यल, युपग्राम, ललितपत्तन, ललितापुरी, मानिङ्गल, पाटन आदि । साहित्यिक जनश्रुतिअनुसार ललितपुर सहर किराँतकालमै स्थापना भएको थियो । उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम “यल” पहिलो किराँती राजा यलम्वरको नामबाट राखिएको हो ।
जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर सहर र किराँतहरुको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ । कालखुस्थित पट्को डोँ ९किराँत दरबार०, ८ सय किराती मारिएको ठाँउ भनेर चिनिने च्यासल हालसम्म पनि किराँतिहरु वर्षो एकपटक आई पूजा गर्नुपर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवलस्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्बन्ध थियो भन्ने पुष्टि हुन्छ ।
यस सहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ । तर, केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोक इ।पू। २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र बीचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख छ । हालसम्म ललितपुर चारदिशामा चार प्राचीन स्तुपहरु रहेका छन् । जुन अहिले पनि अशोक स्तुपको नामले चिनिन्छ ।
ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै वस्ती बसेको केन्द्रको रुपमा विकास भएको हो । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो । यसको पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्ये भागमा स्वस्तिक आकारको मंगलबजार रहेको पाइन्छ ।
त्यसैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रशस्तै मात्रामा प्राप्त भएकाले लिच्छविकालमा ललितपुर पूर्ण रुपमा विकास भइसकेको ।
थियो ।
२४ वटाभन्दा बढी लिच्छविकालीन शिलालेख, पहिलो शताव्दीको च्यास गजलक्ष्मी, हौगलको हारती, बंगलामुखिको मातृकाहरुको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख समेत पाइएको छ ।
हालसम्म यस ललितपुर उप–महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन । आजसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई पनि लिन सकिन्छ । त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र सर्वदण्डनायकको उल्लेख गरेको पाइन्छ । एड्भोटेरियल