neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

Jun 16th, 2022

काठमाण्डौ ,२ असार

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ ।कमलपोखरी काठमाण्डौ स्थित अग्रवाल भवनमा सम्पन्न सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्याङ्कन (म्म्ब्) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।