काठमाडौं १ असार
प्रदेश सरकारले आर्थिक वर्ष ०७९–८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन्। मुलुकका सातवटै प्रदेशले संवैधानिक प्रावधान अनुसारआज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन्।
संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम पनि सार्वजानिक गरिसकेका छन् ।
प्रदेश सरकारले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी लाई प्रथामिकतामा राखी बजेट तयार पारेको जनाएका छन्।