neapl investment mega bank
  • गृहपृष्ठ
  • रासायनिक मल उपलब्ध गराउन संसदमा एमालेको माग

रासायनिक मल उपलब्ध गराउन संसदमा एमालेको माग

Jun 13th, 2022

काठमाडौ ३० जेठ

नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगित गरी रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ । एमालेका १५ जना सांसदले हस्ताक्षर गरेको अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदको आजको बैठकमा पेश गरी सो प्रस्तावमाथि छलफल गर्र्नुपर्ने माग अघि सारेका हुन् ।

छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत माग गर्दे प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने वताएका छन् ।

अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्तावमा छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत एमाले सांसदको माग छ। संसद सचिवालयमा प्रतिपक्षी दलका सांसदहरुले आइतबार साँझ ६ बजे नै बैठक स्थगन प्रस्तावको सूचना दर्ता गराएका थिए।