neapl investment mega bank
  • गृहपृष्ठ
  • महिलाको आर्थिक अबस्थालाई बलियो बनाउन सीप बिकासमा जोड

महिलाको आर्थिक अबस्थालाई बलियो बनाउन सीप बिकासमा जोड

Jun 12th, 2022

ललितपुर २९ जेठ

महिलाहरुको सीप बिकासका लागि सामाजिक बिकासका लागि काम गर्नुपर्नेमा जोड दिइएको छ । आईतबार चांगाथलीमा सामाजिक बिकासका लागि महिला अभियानले आयोजना गरेको कार्यक्रममा बाग्मती प्रदेश मामिला समितिका सभापती माधव पौडेलले महिलाको गएको स्थानिय तहको निर्बाचनदेखि महिलाले रोजगारी गर्नुपर्छ भन्ने धारणाको बिकास गर्नुपर्नेमा जोड दिए ।

उनले कोभिडको बाबजुद पनि महालक्ष्मी नगरले धेरै काम गरेको र अबका दिनमा स्रोत र रोजगारीका लागि हस्तकला ग्रामदेखि, वडादेखि टोलटोलमा नगर र वडाले सामाजिक बिकासका काम गर्न सुझाव दिए । महालक्ष्मी नगरका निवर्तमान मेयर रामेश्वर श्रेष्ठले महिलाको आर्थिक अबस्थालाई बलियो बनाउन सीप बिकासमा जोड दिनुपर्ने वताए ।

सामाजिक बिकासका लागि महिला अभियानकी उपाध्यक्ष देवीका राईले महिलाहरु स्वाबलम्मी बन्न सके श्रीमानको मुख ताक्न नपर्ने र परिवारलाई पनि राहत हुने बताइन् । नेकपा माओवादी केन्द्का नगर संयोजक श्याम महर्जनले निर्वाचित जनप्रतिनिधिलाईआफ्नो मात्रै नभई जनताको जनप्रतिनिधी भएर काम गर्न सुझाव दिए। उनले जनताको थाप्लोमा ऋण बोकाएर ल्याएको बजेट भएकाले सही सदुपयोग गर्ने तथा दिर्घकालिन सोच राखेर बजेट खर्च गर्नुपर्ने वताए । टोल बिकासका लागि जनप्रतिनिधिलाई राम्रो काम गर्न दवाव दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका नगर सभापती दिवाकर सिलवालले स्वभाविक प्रक्रिया भएकाले पार्टीमा विभेद नराखी एकजुट भएर अगाडि बढ्नु पर्ने बताए। उनले महिला सशक्तीकरणका लागि महिलाले यो त्यो आस्थाको भन्दा पनि सीप बिकासमा ध्यान दिनु पर्ने बताए।

महालक्ष्मी नगरपालिकाका कार्यपालिका सदस्य पुर्णलक्ष्मी लोहलाले महिलालाई विभिन्न तालिम दिएर सीप विकासमा जोड दिनुपर्ने बताइन् । त्यस्तै नेकपा एकिकृत समाजवादीका नन्द कुमार न्यौपानेले जनप्रतिनिधसले विकासका लागि जोड दिदै सबैलाई समान किसिमले व्यवहार गर्न सुझाव दिए। नगरमा कामको बर्गीकरण गरेर काम गरेमा महालक्षणमीको मुहार हसिलो हुने छ न्यौपानेले भने। महालक्ष्मी नगर वडा नं 8 का अध्यक्ष बिश्वराज श्रेष्ठले आधा आकास ढाक्ने महिलाहरुले क्षमता बिकासमा जोड दिए । आशा राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन कल्पना श्रेष्ठले गरेकी थिइन् ।