neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरका २३ जनप्रतिनिधीलाई प्रेस चौतारी ललितपुरले गर्यो सम्मान

ललितपुरका २३ जनप्रतिनिधीलाई प्रेस चौतारी ललितपुरले गर्यो सम्मान

Jun 8th, 2022

ललितपुर २५ जेठ

स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका ललितपुरका २३ जनप्रतिनिधीलाई सम्मान गरेको छ प्रेस चौतारी ललितपुरले सम्मान गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले उनीहरुलाई फोटो अंकित शुभकामना र बधाई सहितको फ्रेम प्रदान गरेका छन् ।

जनप्रतिनिधिलाई सम्मान गर्दै श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टिबाट निर्वाचित जनप्रतिनिधीलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन् । धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी शत्ता पक्षकै हैसियतमा उभिन आग्रह गरे । स्थानीय तहभित्र पार्टिको संसदीय दलजस्तै कार्यपालिको दल गठन गरेर छलफल गर्नुपर्ने उनको भनाई छ ,।

एमाले पोलिट्ब्युरो सदस्य शुशीला नेपालले पार्टिले भरोसा गरेको र जनताको चाहना अनुसार जनप्रतिनिधीले काम गर्न सुझाव दिइन् । चुनावमा भएको हारको विषयमा समिक्षा गर्नुपर्नेमा उनको जोड छ । त्यस्तै एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले धेरै स्थानमा चुनाव हारेपनि लोकप्रिय मत पाएको बताए । पार्टिभित्र हार्नुको कारणका विषयमा निर्मम छलफल हुने बताए ।

महानगरकी नवनिर्वाचित उपप्रमुख मञ्जली शाक्यले चिरीबाबुको दबदबा तोड्ने घोषणा गरेकी छिन् । बहुमत छ भनेर आफ्नालाई पोस्न जथाभावी योजना र काम गर्न चिरीबाबुलाई नदिने उनले बताइन् । महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले जनहितमा रहेर काम गर्ने बताए ।