काठमाडौं ,२३ जेठ
आज सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९७ हजार ९०० मा कारोवार भएको छापावाल सुन आज प्रतितोला २०० ले बढेर ९८ हजार १०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको भाउ पनि प्रतितोला २०० ले बढेर ९७ हजार ६०० मा कारोवार भएको छ । यस अघि आइतबार तेजावी सुन रु ९७ हजार ४०० मा कारोवार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।यस अघि आइतबार चाँदी रु एक हजार २७५ मा कारोवार भएको थियो ।