ललितपुर २२ जेठ
ललितपुरको महालक्ष्मी नगरपालिकका प्रमुख हरिगोविन्द श्रेष्ठले नगरपालिको वडा नं ७ का स्थानीय जनताको माग र आवस्यकताको आधारमा विकासका कार्यक्रम ल्याउने वताएका छन् । साथै उनले महालक्ष्मी नगरपालिकाकको प्रमुख समस्याको रुपमा रहेको खानेपानी व्यवस्थापनको लागि योजनाबद्ध तवरले कार्यक्रम सञ्चालन गर्ने वताएका छन् ।
नवनिर्वाचित प्रमुख श्रेष्ठको टिमले सो वडाको स्थानीय मतदातालाई आफूलाई जिताएकोमा धन्यवाद दिदैं आज आइतबार सो कुरा वताएका हुन् । उनले पहिले ढल व्यवस्थापनको काम सकेपछि खानेपानीको काम थाल्ने वताए । उनले जुन वडामा पानीको स्रोत छ त्यो पानी अर्को वडामा वितरण गर्ने वडालाई बढि अनुदान दिने समेत वताए । मतदाताको मतको सम्मान गर्दै उनीहरुको आवस्यकताप्रति गम्भिर रहेर प्रयास गर्ने वताए । स्वास्थ्य समस्या पर्याटन, उद्योग, जेष्ठ नागरिका समस्यालाई समाधान गर्नेगरी काम गर्ने वताए ।