neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्दर्भ विश्व वातावरण दिवसः जलवायु परिवर्तनको असरले जोखिममा नेपाल

सन्दर्भ विश्व वातावरण दिवसः जलवायु परिवर्तनको असरले जोखिममा नेपाल

Jun 5th, 2022

काठमाडौ २२ जेठ

हरेक वर्ष जुन ५ मा संसारभर विश्व वातावरण दिवस मनाउने प्रचलन छ । वातावरण संरक्षणका लागि संवेदनशील भई काम गर्ने जनचेतना बढाउन धर्तिका जीवित वनस्पति र प्राणी जगतको संरक्षण गर्दै बस्नयोग्य र सुन्दर पृथ्वी बनाउने यस दिवसको उद्देश्य हो ।

संयुक्त राष्ट्रसङ्घको पहलमा १९७२ को जुन ५ देखि १६ सम्म स्विडेनको स्टकहोममा भएको मानव र वातावरणसम्बन्धी मुद्दा उठेको थियो । सर्वप्रथम अमेरिकाको स्पोकान भन्ने ठाउँमा ‘केवल एउटा पृथ्वी’ भन्ने नाराका साथ यो दिवस मनाउन सुरु गरिएको थियो ।

वातावरण दिवस मनाउन सुरु गरेको ५० वर्ष पुगेको अवसरमा २०२२ को जुन ५ मा ‘केवल एउटा पृथ्वी’ भन्ने नारा सहित अन्तराष्ट्रिय स्तरमा मनाइने यस दिवसको उद्देश्य दिगो जीवनका लागि प्रकृतिसँग मिलेर बसौँ भन्ने हो । सोही उद्देश्य राखेर नेपालले पनि प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्गठन नेपालले पनि यससँग सहकार्य गर्ने संस्थाहरू, स्थानीय उपभोक्ता समूहसँंगै मिलेर मनाउँदै आएको छ । वातावरण संरक्षणको लागि कृयासिल संघ संस्थाले गरेका प्रयासले प्रकृति संरक्षणमा सकारात्मक काम गर्न चेतना फैलाउने काम गरेको छ ।

जलवायु परिवर्तनले नेपालललाई पारेको असर

वातावरण संरक्षणमा नेपालले गरेका प्रयासहरु पनि हिमालको रक्षा गर्ने र वातावरण संरक्षण गर्नेमा नै केन्द्रित छन् । अहिले तापमान बढेसँगै यसबाट उत्पन्न जलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असर धेरै क्षेत्रमा देखिन थालेका छन् । जलवायु परिवर्तनका असरले वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधारजस्ता क्षेत्रमा प्रभाव पारेको देखिन्छ ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको ०.०२७ प्रतिशत मात्र भूमिका छ तर जलवायु परिवर्तनका असरबाट सबैभन्दा बढी पीडा नेपालले नै बेहोर्नुपरेको देखिन्छ । मनसुनी वर्षामा आधारित कृषि प्रणालीमा अतिवृष्टि र अनावृष्टिका कारण खाद्य असुरक्षा बढ्दो छ । हिमशृङ्खलाको पग्लने क्रम जारी हरेकोले पर्यटन, ऊर्जा र जलस्रोतमा नकरात्मक असर परिराखेको छ । त्यस्तै सुक्खा खडेरीका कारण धेरैजसो पानीका मुहानहरू सुकेर पिउने पानीको अभावमा पहाडी क्षेत्रबाट बसाइँसराइ व्यापक छ । यसबाट तराईको वन तथा जैविक विविधता नाश हुने क्रम बढ्दो छ ।

वन व्यवस्थापनमा समुचत ढंगले नहुँदा वन डढेलोले प्रभावित भएको छ। नयाँनयाँ रोगहरूले मानव मात्र होइन, जनावर र वनस्पति जगत् आक्रान्त बन्न पुगको छ । भौगोलिक बनोटका हिसाबले पनि प्राकृतिक प्रकोपका लागि जोखिमयुक्त रहेको नेपाल मानविय गल्र्तको कारण पनि थप जोखिममा परेको छ । मनसुनको समयमा भारी वर्षा हुँदा पहिरो जाने नदी थुनिने तथा कतैकतै बस्तीहरू नै पुरिने अवस्था छ ।

प्रदुषणका हिसावमा काठमाडौ निकै जाखिममा छ । जहाँ वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क –एम्युएआई १५४ पुग्ने गर्दछ । यसले स्वास्थ्यमा नकारात्मक असर पारेको छ । नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आत्मसात् गरिसकेको अवस्थामा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न राज्यले पनि ध्यान दिनु आवस्यक छ ।