काठमाडौ २२ जेठ
रूपन्देहीको रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना भएको थियो
आज बिहान ४ः३० बजेतिर रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट रोहिणी नदीमा बस खसेको प्रहरीले जनाएको छ। बसमा ३३ जना यात्रु रहेका थिए । प्रहरीका अनुसार लु २ ख ३८४१ नम्बरको बस नदिमा खसेको हो ।
दुर्घटनामा घाइते भउका २४ जनालाई उपचारको लागि अस्पताल पुर्याएइको छ।
घाइतेको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको वताइएको छ।